सर्वोच्च अदालत र दलहरू विरुद्ध ठाउँठाउँमा प्रदर्शन
जनकपुरधाम | जेठ २२, २०८०
जनकपुरधाम: राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरकालीन अन्तरिम आदेश विरुद्धमा मधेशको विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।
नागरिकता विहीन युवाहरूले धनुषाको ढल्केवरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि जनमत विद्यार्थी संघ धनुषाले घेराउ गरि प्रदर्शन गरेको छ ।
उनीहरू संशोधित नागरिकता ऐन प्रमाणीकरणको विरोध गर्ने दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलविरुद्ध पनि नारावाजी गरेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

